पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
barnanmedia.com · Mon Jun 22 11:41:56 GMT 2026

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ । प्राकृतिक सम्पदाका रूपमा रहेको चमेरा गुफा लामो समयदेखि ओझेलमा पर्दै आएकामा पछिल्लो समय पर्यटकीय सम्भावनालाई उजागर गर्दै व्यवस्थित विकासका लागि स्थानीय तह सक्रिय बनेको हो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानसहित प्राविधिक टोलीले गुफा क्षेत्रको स्थलगत अवलोकन गरी संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे अध्ययन गरेको छ । अवलोकनका क्रममा गुफाको वर्तमान अवस्था, संरक्षणका चुनौती, पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार तथा दीर्घकालीन विकास योजनाका विषयमा विस्तृत छलफल गरिएको वडा सदस्य मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)