उपभोक्ता अदालतमा पहिलो दिन ओम अस्पतालविरुद्ध मुद्दा
rajdhanidaily.com · Sun Mar 16 23:02:03 GMT 2025

काठमाडौं । उपभोक्ता अदालत खुलेको पहिलो दिनमा काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (ओम अस्पताल)विरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता भएको छ । चिकित्सकको लापरबाहीका कारण अपूरणीय क्षति पुगेको भन्दै भाँचिएको खुट्टा पनि नभाँचिएको भनी बिरामीलाई पेनकिलर दिएर घर फर्काइएकाले बिरामीको मृत्यु भएको भन्दै मुद्दा दर्ता भएको हो ।
सो मुद्दामा अस्पतालको लापरबाहीका कारण आफन्तको ज्यान गएको दाबी गरी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने पीडितले माग गरेका छन् । अदालतमा दर्ता भएको फिराद पत्रअनुसार काठमाडौंको बूढानीलकण्ठ–९ बस्ने ९८ वर्षीय हरिहरप्रसाद गौतम शौचालय जाने क्रममा लडेपछि गत ५ माघमा उनलाई अस्पताल लगिएको तर एक्स–रे गरेर हेरेपछि ओम अस्पतालका चिकित्सकले सबै ठीकठाक छ भन्दै सामान्य पेनकिलर दिएर घर पठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)