ओलीलाई पन्छाएर कांग्रेस–माओवादी सरकार ?
rajdhanidaily.com · Sun Mar 16 23:03:54 GMT 2025

काठमाडौं । सडकदेखि सदनसम्म राजसंस्थाको पक्ष र विपक्षमा बहस भइरहेकै बेला सरकार परिवर्तनसँगै मन्त्री हेरफेरको चर्चा सुरु भएको छ । अहिले राजसंस्था र पूर्वराजालाई फर्काउने र संविधान र गणतन्त्रको रक्षाका लागि उभिने दुवै पक्ष सडक आन्दोलनसँगै सदनमा चर्काचर्की बहसमा उत्रेका छन् । सोही बहसबीच सरकार परिवर्तन र मन्त्री हेरफेरको चर्चा हुन थालेको हो ।
पछिलो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिकिँदै गएका छन् । यसबीचमा देउवा र प्रचण्डबीच गोप्य छलफलसमेत भएको स्रोतको दाबी छ । सोहीबीचमा माओवादीका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने संकेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)