मन्थली नगरको बजेट एक अर्ब तीन करोड २० लाख
kendrabindu.com · Mon Jun 22 11:53:26 GMT 2026

मन्थली (रामेछाप) । मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब तीन करोड २० लाख १५ हजारका बजेट पेस गरेकी छन् ।
नगरसभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पँुजीगततर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको छ । उक्त रकम गतवर्षको तुलनामा रु एक करोड ४५ लाख ४९ हजार कम रहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
सरोज गुरागाईं