मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
rajdhanidaily.com · Thu Aug 27 09:41:24 GMT 2026
काठमाडौं । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो ।
नेपालले पहिलो खेलमा मलेसियालाई नौ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको मलेसियाको पारी ४०।१ ओभरमा एक सय ४१ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)