प्रधानमन्त्रीसँग स्थानीय जनप्रतिनिधिहरुले भने–विपदमा केन्द्रको बलियो साथ पायौं
nepalnews.com · Mon Sep 14 11:11:15 GMT 2026

काठमाडौं। भोटोकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिले विपद्को समयमा संघीय सरकारले प्रभावकारी काम गरेको भन्दै प्रशंसा गरेका छन्। यही भदौ १० गतेको बाढी लगत्तै खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि केन्द्र सरकारले चालेका कदमको उनीहरूले सराहना गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँग आज भएको छलफलमा उनीहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताए । छलफलका क्रममा उनीहरूले बाढी लगत्तै केन्द्र सरकारले स्थानीय तहहरूसँग समन्वय गरी मन्त्री तथा कर्मचारीहरूलाई प्रभावित क्षेत्रमा निरन्तर खटाएको र खोज, उद्धार तथा राहतको नियमित अनुगमन गरिरहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)