मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कटुवा पेस्तोल बरामद 

baahrakhari.com · Sun Dec 26 06:20:00 GMT 2021

काठमाडौं । धनुषाको औरही गाउँपालिका–२, देउरीस्थित आँपको बगैँचाबाट लोड भएको एकथान कटुवा पेस्तोल आज बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरी टोलीले सो हतियार बरामद गरेको हो ।

सोही ठाउँ बस्ने छठ्ठु मुखियाको घरमा अपरिचित व्यक्तिहरूले बाक्सा चोरी गरी उक्त बगैँचामा लगी फुटाएको अवस्थामा घरधनीले थाहा पाई हो–हल्ला गर्दा अपरिचित व्यक्तिहरू फरार भएको सूचनापछि प्रहरीले घटनास्थलबाट उक्त हतियार, एकथान मंगलसूत्र र नगद पाँच हजार रुपैयाँ समेत बरामद गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)