शंखरापुर स्कुल बस दुर्घटना: मृतक तीनै जनाको पहिचान खुल्यो
nagariknews.nagariknetwork.com · Wed Feb 12 14:22:21 GMT 2025

काठमाडाैंको शंखरापुर नगरपालिका–५ स्थित साँखु-नगरकोट सडकखण्डमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीनै जना पहिचान खुलेको छ।
मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल काठमाडौं चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका–९ भीमसेनगोला बस्ने १४ वर्षीय शुशाङ्क डोटेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)