भोटेकोशी र त्रिसुलीमा बगेको १५८ शव नवलपुरमा भेटिए, पहिचान गर्नै कठिन
kendrabindu.com · Sat Aug 29 01:06:19 GMT 2026

नवलपुर । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये आज साँझसम्म १५८ जनाको शव नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा फेला परेको छ। जिल्लामा आज मात्र थप ४८ वटा शव फेला परेको हो।
नवलपरासी हुँदै बग्ने नारायणी नदीको विभिन्न स्थानमा गएरातिसम्ममा १५८ वटा शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका शवमध्ये १०९ वटा शव मात्र सिङ्गो फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)