पार्टी संरचना र निर्वाचनमा इन्जिनियरलाई प्राथमिकता दिने गगन थापाको प्रतिबद्धता
ratopati.com · Fri May 29 16:42:47 GMT 2026

काठमाडौँ । नेपाली काङ्ग्रेस र यसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बीच पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका तर्फबाट आयोजित उक्त कार्यक्रममा इन्जिनियरहरूको भूमिका, हक–हित तथा आगामी रणनीतिक योजनाबारे गम्भीर विमर्श भएको हो।
पार्टी सभापति गगनकुमार थापाको विशेष निमन्त्रणामा आयोजित उक्त छलफलमा मुलुकको विकास, सुशासन र दिगो पूर्वाधार निर्माणमा प्राविधिक जनशक्तिले खेल्न सक्ने भूमिकाबारे गहन मन्थन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)