मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पासपोर्ट छपाइ प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर

annapurnapost.com · Mon Jun 22 12:06:50 GMT 2026

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी (इ-पासपोर्ट) छपाइमा घोटाला भएको आरोपमा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, विभागका तत्कालीन लेखा अधिकृत तुलसी आचार्यसहितलाई विपक्षी बनाइ सोमबार विशेष अदालत काठमाडौंमा दायर गरेको हो। उनीहरूविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो माग गरेको छ।

आयोगले पासपोर्ट छपाइमा अनियमितता भएको आशंकामा अनुसन्धानका लागि महानिर्देशक अर्यालसँगै सूचना प्रविधिक केसीलाई असार २ गते नियन्त्रणमा लिएको थियो।

आयोगका अनुसार १० जना कर्मचारी, चार जना विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मूलभर कम्पनीका नेपाल प्रतिनिधि मनिन्द्रराज मल्लविरुद्धसमेत मुद्दा दाय गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)