राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, साढे १० अर्ब बढी बिगो माग
nepalbahas.com · Mon Jun 22 11:04:16 GMT 2026

राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, साढे १० अर्ब बढी बिगो माग
८ असार, काठमाडौं । विद्युतीय राहदानी (पासपोर्ट) छपाइसम्बन्धी बोलपत्रमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अख्तियारको टोलीले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ । महानिर्देशक अर्यालसहित निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्ल लगायत १६ जना व्यक्तिविरुद्ध मुद्दा दायर भएको उनले बताइन् ।
अख्तियारले पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो । सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन् । थापा कांग्रेस सांसद सुनीलबहादुर थापाका छोरा समेत हुन् ।
छपाइको ठेक्का पाउने जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले पेस्की बापत १ अर्ब भुक्तानी लिएको अख्तियारले गरेको अनुसन्धानबाट खुलेको छ । मुल्हबाउरले १ अर्ब ५५ करोडको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए । सन् २०२५ जुन ६ मा राहदानी विभागले जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र म्युहलबाउरलाई ई–पासपोर्टको ठेक्का दिएको थियो ।
सम्झौतालगत्तै अख्तियारमा उजुरी परेको थियो । राहदानी छपाइ सम्बन्धी कार्यमा अनियमितता गरेको भन्ने कसुरमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनीको नेपाली प्रतिनिधि मनिन्द्र मल्ल पनि पक्राउ परिसकेका छन् ।
गत वर्ष जुनमा भएको ठेक्का सम्झौता अनुसार जर्मन कम्पनीहरूले २४० दिनभित्र राहदानीको पहिलो खेप आपूर्ति गर्नुपर्ने थियो । जर्मन कम्पनीहरूले डेटा माइग्रेसन, ७७ वटै जिल्ला तथा विदेशस्थित नेपाली नियोगहरूमा पर्सनलाइजेसन सेन्टर स्थापना र डिसेम्बरको अन्त्यसम्ममा राहदानी आपूर्ति तथा वितरण कार्य पूरा गर्नुपर्ने थियो । यसअघि ठेक्का पाएको फ्रान्सेली कम्पनी आइडिमियासँगको सम्झौता डिसेम्बरसम्म मात्र मान्य थियो ।
सन् २०२१ नोभेम्बरदेखि नेपाललाई बायोमेट्रिक राहदानी उपलब्ध गराउँदै आएको आइडिमियाको सम्झौता डिसेम्बरमा समाप्त भएपछि जर्मन कम्पनीहरूले मार्चपछि मात्र आपूर्ति सुरु गर्ने तय भएको थियो । जर्मन कम्पनीहरूलाई दिइएको ठेक्काबारे आइडेमियाले पनि प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको थियो । राहदानी आपूर्तिमा गरेको प्रगति र राहदानी मौज्दातको अवस्थाबारे प्रधानमन्त्री कार्यालयले करिब दुई महिनाअघि चासो देखाउन थालेको थियो ।
आयोगले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दायर गरेको हो । विशेष अदालतमा दर्ता भएको मुद्दामा पूर्वपरराष्ट्रमन्त्री राणासहित १८ जनालाई प्रतिवादी बनाएको छ । आयोगको अनुसन्धानमा राहदानी प्रकरणमा करिब ८ अर्ब हिनामिना भएको निष्कर्ष निकालेको छ ।
राहदानी विभागले २०८१ मंसिर पाँच वर्षका लागी ६४ लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति र त्यसको प्रणाली व्यवस्थापन गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । बोलपत्र मूल्यांकनको लागीे २०८१ फागुन ९ मा विभागका महानिर्देशक तीर्थराज अर्यालको नेतृत्वमा बोलपत्र मूल्यांकन समिति गठन भएको थियो । ठेक्का सम्झौता अनुसार राहदानी छपाई र प्रणाली व्यवस्थापनको काम सुरु भएको छैन ।
अख्तियार
पासपोर्ट
मुद्दा दर्ता
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
बेलबारीको सःमिलमा मध्यराति प्रहरीको छापा, लाखौंको अवैध खयर बरामद
असार ७, २०८३ आइतबार
अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर
असार ५, २०८३ शुक्रबार
सेवाग्राहीबाट ७२ हजार घुस लिएको आरोपमा पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
असार ५, २०८३ शुक्रबार
नेपालबहस ट्रेन्डिङ
शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
Tweets by nepalbahas
लोकप्रिय
१
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
असार ७, २०८३ आइतबार
२
आमा नै वास्तवमा महान् गुरु हुनुहुँदो रहेछ
असार ८, २०८३ सोमबार
३
विश्वकप फुटबल २०२६: साउदी अरेबियामाथि स्पेनको फराकिलो जित
असार ८, २०८३ सोमबार
छुटाउनुभयो कि?
जडीबुटी-सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत धमाधम ( फोटो फिचर )
असार ८, २०८३ सोमबार
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि
असार ८, २०८३ सोमबार
जुम्ला सरुवा भएका सई हनुमान राउत अहिरको रजगज, एसपीले किन दिएनन् रवाना ?
असार ८, २०८३ सोमबार
राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, साढे १० अर्ब बढी बिगो माग
असार ८, २०८३ सोमबार
प्रधानमन्त्री शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण
असार ८, २०८३ सोमबार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
असार ८, २०८३ सोमबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
नेपाल प्रहरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
फिफा