अमेरिकाबाट इमेल आएपछि सर्वोच्चले मेरो सरकार ढाल्यो : ओली
nayapatrikadaily.com · Sat Mar 12 00:30:00 GMT 2022
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकाबाट इमेल आएपछि सर्वोच्चले आफ्नो सरकार ढालेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले अमेरिकाबाट एक न्यायाधीशलाई आफ्नो सरकार ढाल्न इमेल आएपछि सर्वोच्चबाट परमादेश जारी भएको दाबी गरेका हुन् ।
‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ?’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)