यसपालि पनि दशैंमा नयाँ नोट नोट नपाइने, तर अब एटीएमबाटै १०० को नोट निकाल्न पाइने !
corporatenepal.com · Mon Sep 14 11:22:55 GMT 2026

काठमाडौं । केन्द्रीय बैंकले यसपालि पनि दशैंमा नयाँ नोट सटहीको सुविधा नदिने भएको छ । दशैंमा नयाँ नोटको सटही सुविधा दिने अभ्यास पहिले देखि नै थियो । तर, केन्द्रीय बैंकले बिगत दुई बर्षदेखि दशैंमा नयाँ नभएर सुकिला नोटको सटही सुविधा दिदैं आएको छ । त्यसलाई यो बर्ष पनि निरन्तरता दिने केन्द्रीय बैंकको तयारी छ ।
यद्यपि, यसबारे औपचारिक निर्णय भएको छैन । नोट छाप्ने क्रममा राष्ट्र बैंककोअर्बौ खर्च हुन्छ । तर, दशैं जस्ता चाडपर्वमा टीका लगाउने, पूजा गर्ने क्रममा नोटमा अबिर तथा तेल लाग्ने गर्छ । त्यसले नोटको आयु घटाउने गरेको छ । यसैगरी अहिले डिजिटल दक्षिणाको अभ्यास पनि सुरु भएको छ । त्यसपछि केन्द्रीय बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोटको सटही सुविधा दिन सुरु गरेको थियो । त्यसलाई यसपालि पनि निरन्तरता दिने केन्द्रीय बैंकका एक उच्च अधिकारीले बताए । यसपालि कात्तिक ४ गते दशैं छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)