कांग्रेस इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
annapurnapost.com · Mon Sep 14 11:16:51 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ। संस्थापनइतर समूहले सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटीरूपमा अगाडि बढ्न खोजेको भन्दै आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको हो।
विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्धत भएको देखिएको कांग्रेस संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)