कुल ब्वाय र पदम तामाङको क्रेजले सजिएकी ‘बेहुली’
nepalpress.com · Mon Sep 14 11:29:30 GMT 2026

टिकटक लाइभबाट चर्चामा आएका कूल ब्वाय (पारस बम ठकुरी) र कमेडी भिडियोबाट चर्चामा आएका पदम तामाङ स्टारर फिल्म ‘बेहुली’ हलहरूमा चलिरहेको छ । सुरुवातमै भनिहालौँ, यो फिल्मको सबैभन्दा ठूलो आकर्षण नै कूल ब्वाय र पदम हुन् ।
कूल ब्वायले टिकटक लाइभबाट जुन तहको क्रेज बनाएका थिए, त्यसको नतिजा हलहरूमा पनि देखिएको छ । कुल ब्वायको फिल्म भनेरै दर्शकहरू हलसम्म पुगिरहेका छन् । कुल ब्वायको यो क्रेजको पछाडि टिकटक लाइभ मात्र होइन, उनले गरेका विभिन्न सामाजिक कामहरू पनि कारक हुन् । आर्थिक समस्यामा परेका धेरै मान्छेका लागि टिकटक लाइभबाट कुल ब्वायले आर्थिक सहयोग जुटाएका छन् । उनको यही परोपकारी कामबाट प्रभावित दर्शक अहिले हलहरूमा ओइरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)