मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवद्र्धन गर्ने मादीको नीति

nagariknews.nagariknetwork.com · Mon Jun 22 12:23:03 GMT 2026

सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवर्द्धन गर्ने नीतिसहित मादी कास्कीको मादी गाउँपालिकाले बजेट ल्याएको छ । गाउँपालिकाको १९ औं गाउँसभामा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड १२ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । मादीले चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ १८ करोड १४ लाख बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदानबाट १० करोड २६ लाख, संघीय सशर्त अनुदान २८ करोड २९ लाख र संघीय राजश्व बाँडफाँटबाट ११ करोड ८२ लाख ९८ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् । बजेटमा प्रदेश समानिकरण अनुदानतर्फ १ करोड ११ लाख ९९ हजार, प्रदेश समपुरक अनुदान ४५ लाख, प्रदेश विशेष अनुदान ४०, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, स्थानिय राजश्व बाँडफाँडबाट ५६ लाख, रोयल्टी २ करोड ६० लाख र आन्तरिक आयबाट १ करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)