पछि हट्यो सरकारः सार्वजनिक सवारी साधनको नयाँ दर्तामा लचकता (विभागको सूचनासहित)
corporatenepal.com · Mon Jun 22 12:23:56 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागले यसअघि रोक्का गरिएको सार्वजनिक सवारी साधनको नयाँ दर्तामा केही लचकता अपनाएको छ।
विभागले आज सूचना जारी गर्दै निश्चित प्रक्रिया पूरा गरिसकेका सार्वजनिक सवारी साधनहरूको दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
Advertisement
विभागले गत जेठ ७ गते अर्को व्यवस्था नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरेको थियो । तर, सो निर्णय हुनुअघि नै खरिद प्रक्रिया सुरु गरिसकेका व्यवसायीहरू मारमा परेको भन्दै विभागले नयाँ व्यवस्था गरेको हो ।
जेठ ८ गतेसम्म एलसी खोलिएका सवारीहरू नेपाल भित्रिसकेको पाइएमा दर्ता गर्न कुनै बाधा नपर्ने विभागले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ