एमजी आईएम ६ ‘भ्यालु फर मनी’ ईभी, अरुको मूल्य कति पुग्यो ?
baahrakhari.com · Mon Jun 22 12:28:41 GMT 2026

काठमाडौं । सरकारले जेठ १५ मा आर्थिक वर्ष २०८३/८४ को बजेट ल्यायो । बजेटमा विद्युतीय सवारीको मूल्यमा उतारचढाव देखियो । केही ईभीका मूल्य उही रहे पनि लक्जरी गाडीको मूल्य भने निकै माथि पुगेको छ ।
विशेषगरी प्रिमियम र लक्जरी सेग्मेन्टका ईभीहरूमा उल्लेखनीय मूल्यवृद्धि गरेका छन् । तर, यस्तोमा पनि एमजीका केही गाडी भने पत्याउनै नसक्ने मूल्य कायम गरेको छ । त्यसमध्ये एक हो एमजी एआईएम ६ ।
बजेट अघिसम्म ७८ लाख ९९ हजार रहेको गाडीको मूल्यमा कम्पनीले निकै कम मार्जिन ८१ लाख ९९ हजार मात्रै राखेको छ । जसले बजेटपछिको बजारमा ‘स्मार्ट प्रिमियम च्वाइस’को रूपमा आफ्नो स्थान अझ बलियो बनाएको छ ।
बजेटअघि ७८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध एमजी आईएम ६ को मूल्य अहिले ८१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अर्थात् मूल्य केवल तीन लाख रुपैयाँले मात्र बढेको छ । अहिलेको कर संरचना र प्रतिस्पर्धी प्रिमियम ईभीहरूको मूल्यवृद्धिलाई हेर्दा यो वृद्धि निकै सीमित मानिएको छ ।
यही कारणले करिब ८२ लाख रुपैयाँको मूल्यमा करोड रुपैयाँभन्दा माथिको अनुभव दिने विद्युतीय एसयूभीका रूपमा आईएम ६ लाई हेरिन थालेको छ ।
आईएम ६ को आकर्षण केवल मूल्यमा सीमित छैन । आधुनिक प्रविधि र प्रिमियम सुविधाको हिसाबले यो मोडल आफ्नो वर्गमा फरक देखिन्छ । अटोमेटेड पार्किङ, फोर–ह्वील स्टेयरिङ, एआई आधारित स्मार्ट क्याबिन, रेनी नाइट मोड, डिजिटल चेसिस, कन्टिनेन्टल ब्रेक क्यालिपर र २६.३ इन्चको विशाल डिस्प्ले जस्ता सुविधाले यसलाई सामान्य ईभीभन्दा माथिल्लो तहमा पुर्याएको छ । विशेषगरी रियर–ह्वील ड्राइभ सेटअपका कारण यसको ड्राइभिङ अनुभव थप रोचक र स्पोर्टी महसुस हुन्छ ।
डिजाइनको हिसाबले पनि आईएम ६ भीडबाट अलग देखिन्छ । कुपे शैलीको बडी, चार हजार ९०४ मिमि लम्बाइ, दुई हजार ९५० मिमि ह्वीलबेस र ६४६ लिटर क्षमताको बुट स्पेसले यसलाई परिवार तथा लामो यात्राका लागि पनि उपयुक्त बनाएको छ ।
सुरक्षातर्फ २३ भन्दा बढी एडास फिचर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन किप असिस्ट र सातवटा एयरब्याग उपलब्ध छन् । ७५ किलोवाट–आवर ब्याट्री र ४५० किलोमिटर डब्लूएलटीपी रेन्जले यसको व्यावहारिकता अझ बलियो बनाउँछ ।
एमजीको अर्को लोकप्रिय मोडल एस–६ पनि बजेटपछि धेरै प्रभावित भएन । बजेटअघि ६९ लाख ९९ हजार रुपैयाँ रहेको यसको मूल्य अहिले ७१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अर्थात् केवल दुई लाख रुपैयाँको वृद्धि भएको छ । मध्यम–प्रिमियम सेग्मेन्टका ग्राहकलाई लक्षित यो मोडलले मूल्य र सुविधाबीच सन्तुलन कायम राखेको देखिन्छ ।
त्यसैगरी एमजी एस–५ को मूल्य पनि धेरै माथि पुगेको छैन । यसको कम्फर्ट भेरियन्टको मूल्य बजेटअघि जस्तै ४३ लाख ९९ हजार रुपैयाँमै कायम गरिएको छ । डिलक्स भेरियन्टको मूल्य ४९ लाख ९९ हजारबाट ५० लाख ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, लक्जरी भेरियन्ट ५४ लाख ९९ हजारबाट ५५ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अर्थात् माथिल्ला दुवै भेरियन्टमा केवल एक/एक लाख रुपैयाँ मात्रै वृद्धि गरिएको छ ।
समग्रमा हेर्दा बजेटपछिको मूल्य समायोजनमा एमजीले आक्रामक वृद्धि नगरी ग्राहकमैत्री रणनीति अपनाएको देखिन्छ । विशेषगरी आईएम ६ ले प्रिमियम ईभी बजारमा सबैभन्दा धेरै ध्यान तानेको छ । सीमित मूल्यवृद्धि, अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्चस्तरीय सुरक्षा सुविधाका कारण अहिलेको बजारमा आईएम ६ ‘भ्यालु फर मनी’ प्रिमियम इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित हुने संकेत देखिएको छ ।
#एमजी आईएम ६
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ