कोशीको पानी मेचीतर्फ मोड्दै भारत, नेपालसँगको सम्झौताले अनुमति दिन्छ ?
nepalpress.com · Mon Sep 14 11:50:05 GMT 2026

विराटनगर । कोशी ब्यारेजबाट पूर्वतर्फ बग्ने पानी मेची नदीसम्म पुर्याउने महत्त्वाकाङ्क्षी योजना अन्तरगत भारत सरकारले कोशी–मेची अन्तरराज्यीय नदीजोड परियोजनाको काम सुरु गरेको छ । कोशी ब्यारेजको स्तरोन्नती गर्दै मेचीसम्म कोशीको पानी पुर्याउन आवश्यक पर्ने ७६.२० किलोमिटर नहर बनाउनका लागि बिहार सरकारको जल संशाधन विभागले ठेक्का समेत लगाएको छ ।
सन् १९५४ को कोशी सम्झौतासँगै १९५९ मा ब्यारेजको निर्माण भएको थियो । १९६३ मा निर्माण सम्पन्न भएको ब्यारेजबाट सोही सम्झौताअनुसार भारत सरकारले विद्युत् उत्पादन र सिँचाइका लागि पूर्वतर्फ ४१.२० किलोमिटर नहर बनाएको थियो । सोही नहरलाई विस्तार गर्दै पश्चिम बङ्गालको महानन्द नदीको प्रमुख नदी मेचीसम्म पुर्याउने महत्त्वाकाङ्क्षी योजना नै कोशी-मेची अन्तरराज्यीय लिङ्क परियोजना हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)