मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा टिप्पर दुर्घटना: एकको मृत्यु, दुई घाइते

canadanepal.com · Mon Jun 22 12:36:37 GMT 2026

काठमाडौँ - तनहुँको छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिकामा भएको टिप्पर दुर्घटनामा परेर तनहुँको व्यास नगरपालिका –४ निवासी ३६ वर्षीय चालक चुनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँको भित्री सडक खण्डअन्तर्गत बन्दीपुर गाउँपालिका –४ गुम्बास्थित सडकमा ग १ क ५४६६ नम्बरको टिप्पर नियन्त्रण गुमाएर दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक श्रेष्ठलाई तत्काल उपचारका लागि पोखरा पठाइएकोमा उपचारकै क्रममा आइतबार साँझ ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)