हिमताल संरक्षणको माग गर्दै मनासलुमा अनशन बस्ने घोषणा
gorkhapatraonline.com · Mon Sep 14 11:53:32 GMT 2026

जलवायु परिवर्तनका कारण हिमतालमा बढ्दै गएको जोखिम न्युनीकरण तथा हिमताल संरक्षणको माग गर्दै गोरखाको चुमनुब्री गाउँपालिका – १, सामागाउँका युवाले आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ । सामागाउँका युवाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्युनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने माग राख्दै असोज २ गतेदेखि दिन मनासलु बेस क्याम्पमा आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।
युवाले आफ्ना मागसहितको ८ बुँदे ध्यानाकर्षणपत्र गोरखाका प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको छ । ध्यानकर्षणपत्रमा मनास्लु संरक्षण क्षेत्र आयोजना ( एमक्याप ) को स्थानीय एकाई कार्यालय तथा सामागाउँ प्रहरी चौकीमा समेत बुझाइएको स्थानीय युवा दावा नोर्बु लामाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)