रास्वपा सचेतक धितालविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन
barnanmedia.com · Mon Sep 14 11:47:09 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जेनजी सहिद स्मृति दिवसका विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेनजी सहिद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले सहिद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले सहिद, घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारुढ रास्वपा संसदीय दलको सचिवालयमा समेत ध्यानाकर्षण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)