मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निजी अस्पतालमा उपचार गर्ने बिरामीसँग तीन प्रतिशत कर असुल्ने

onlinekhabar.com · Fri May 29 17:11:20 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट तीन प्रतिशत कर असुल्ने भएको छ । शुक्रबार संसद्‌मा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ‘स्वास्थ्य समता शुल्क’ अन्तर्गत तीन प्रतिशत कर लिने घोषणा गरिएको हो ।

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेद्वारा प्रस्तुत बजेट व्यक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था सञ्चालन गर्ने व्यक्तिले विरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क असुल उपर गरिनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)