सिमकोट हिल्सा सडक सुचारु
gorkhapatraonline.com · Mon Sep 14 11:59:35 GMT 2026

सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा सडक अबरुद्ध भएको मा त्यसलाई हटाएपछि सडक सुचारु भएको हो ।
सडकमा ठुलै ढुङ्गा खसेको कारण सिमकोट हिल्सा सडकको सल्लीमा दुईतर्फी सडक अवरुद्ध भएको भएको सडक सुचारु भएको जिल्ला प्हरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक युवराज ढकालले बताउनुभयो । मेशिन आएर सो सडकमा खसेको ढुङ्गा पन्छाएपछि सडक सुचारु भएको हो । सडक अवरुद्ध भएको चीनको ताक्लाकोटमा अनौपचारिक छलफलमा गएको टोली रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)