फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
onlinekhabar.com · Mon Sep 14 11:54:56 GMT 2026

२९ भदौ, पेरिस (रासस\एएफपी) : फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो ।
म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएका छन्। उनले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनुअघि नै प्रतिबन्ध लागू हुने अपेक्षा व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)