क्याम्सनमा हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
aarthiknews.com · Sat Jul 23 15:42:00 GMT 2022
काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ(क्याम्सन)को १६ औं साधारणसभा यहि शनिबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले भक्तबहादुर हमाल सर्वसम्मतिबाट अध्यक्षमा चयन भएका छन् । १३ सदस्यीय नव निर्वाचित कार्यसमितिमा १० जनाको सर्वसम्मतिले चयन भएको हो । जसमा निर्वतमान अध्यक्ष सुरेश घिमिर सहित उपाध्यक्षमा उमेशप्रसाद लामिछाने रहेका छन् ।
त्यस्तै महासचिवमा विनोदकुमार मानन्धर, सचिवमा समिर मरहठ्ठा, कोषाध्यक्षमा गणेश प्रसाद सापकोटा रहेका छन् । त्यस्तै केन्द्रिय रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट र खडानन्द पाण्डे चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)