प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न
corporatenepal.com · Mon Jun 22 12:51:16 GMT 2026

जोरपाटी । नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ। आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित शोरुमको औपचारिक उद्घाटन गरिएको हो । माननीय प्रकाश मान सिंह राउतको प्रमुख आतिथ्यमा उक्त सोरुमको उद्घाटन सम्पन्न गरिएको हो ।
उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झा, क्षेत्रीय बिक्री प्रमुख किरण राज पन्त लगायत टोलीले अतिथिहरूलाई स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)