मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पाैडेललाई पक्रनुअघि भैँसेपाटीको डेरामा छापा

shilapatra.com · Mon Jun 22 13:08:09 GMT 2026

सम्पत्ति शुद्धीकरण विभागले एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको निवासमा छापा मारेको छ । भैँसेपाटीस्थित निवासमा छापा मारिएको हो । विवादित व्यवसायी दिपक भट्टसँग पौडेलको सम्बन्ध रहेको आशंका छ ।

विभागको टोली छापा मार्न दिउँसो एक बजे पौडेलको निवासमा पुगेको थियो । भैँसेपाटीस्थित पौडेलको घर जेन–जी आन्दोलनमा जलाइएको थियो । पाैडेल अहिले त्यही क्षेत्रमा डेरामा बस्दै आएका थिए ।

पाैडेल सुर्खेतबाट सोमबार साँझ पक्राउ परेका छन् । उनलाई काठमाडाैं ल्याइँदै छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

१८:५३

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)