एघार दिनपछि साजनको शव फेला
gorkhapatraonline.com · Fri Aug 04 06:11:56 GMT 2023
काठमाडौँ, साउन १९ गते । काठमाडौँ को रानीबारीस्थित सामाखुसीखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १२ वर्षीय साजन बुढामगरको शव ११ दिनपछि फेलापरेको छ।
घरबाट फुटसल खेल्न निस्कनेक्रममा झुक्किएर साउन ७ गते दिउँसो मगर बेपत्ता भएका थिए। वृत्त कीर्तिपुर, फर्पिङ, कालीमाटी, भैँसेपाटीलगायतका प्रहरी इकाइबाट खटिएका ३७ जना प्रहरी टोलीले ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदीकिनारमा शव फेलापारेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले शव सनाखत भइसकेको जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)