हात्ती नियन्त्रणमा सहयोगको आग्रह
gorkhapatraonline.com · Mon Sep 14 12:36:31 GMT 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्ती नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै निकुञ्ज कार्यालयले हात्ती निस्किएका क्षेत्रबारे समयमै जानकारी गराइ सहयोग गर्न आग्रह गरेको हो ।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा जङ्गली हात्तीको बथानले स्थानीयका बालीनाली नष्ट गर्नुका साथै, घर समेत भत्काउँदै आएको छ । जिल्लाका विभिन्न स्थानबाट निस्कने हात्तीको बथान नियन्त्रणका लागि निकुञ्जको कार्यालयले समयमा नै जानकारी गराइ सहयोग गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)