गिलको शानदार शतक मद्दतमा गुजरात आईपीएलको फाइनलमा
onlinekhabar.com · Fri May 29 17:59:28 GMT 2026

१५ जेठ, काठमाडौं । कप्तान शुभमन गिलको शानदार शतक मद्दतमा गुजरात टाइटन्स आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो ।
राजस्थानले दिएको २१५ रनको लक्ष्य गुजरातले ८ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेटायो । गिलले ५३ बलमा १०४ रनको शानदार इनिङ खेले । साइ सुदर्शनले ३२ बलमा ५८ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १६७ रनको साझेदारी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)