पौडेलको पक्राउप्रति महेश बस्नेतले भने- ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
kendrabindu.com · Mon Jun 22 13:33:41 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेको खबरप्रति सचिव महेश बस्नेतले आपत्ति जनाएका छन् । पार्टीको कार्यदल सम्बन्धी कामको सिलसिलामा सुर्खेतमा रहेका बेला सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पौडेललाई नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएलगत्तै नेता बस्नेतले आपत्ति जनाएका हुन् ।
नेता बस्नेतले कानुनी राज्यमा कुनै पनि कारबाही अघि बढाउनुपूर्व तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्नेमा जोड दिएका छन् । “कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ,” बस्नेतले भने, “तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनुलाई कुनै पनि हालतमा उचित मान्न सकिँदैन।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ