मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनिष झाले भने– अनुहार हेर्दैमा गल्ती स्वीकार गरेको बुझ्न सक्नुहुन्छ

shilapatra.com · Mon Jun 22 13:31:04 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनिष झाले पार्टीले प्रथम महाधिवेशन गरिरहँदा व्यवस्थापनमा गल्ती गरेको स्वीकार गरेका छन् । उनले अनुहार हेर्दा नै गल्ती स्वीकार गरेको बुझ्न सकिने बताए ।

‘व्यवस्थापकीय कमजोरी छन् । केही कुरा सिक्दै छौँ मनन गरिरहेका छौँ । हाम्रो अनुहारै हेर्दा हामीले गल्ती स्वीकारेको बुझ्न सक्नुहुन्छ होला नि,’ सोमबार साँझ पत्रकार सम्मेलनमा उनले भने, ‘सबै कुरा डिफेन्स गर्ने अनुहार लिएर आएका छैनौँ । केही कुरा गल्ती भएको छ । कमजोरी भएको छ गल्तीहरू स्वीकार्छौं ।’

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

१९:१६

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)