कारबाहीको सिफारिसमा परेका १६ जनालाई रास्वपाले महाधिवेशनमा किन सहभागी गरायो ?
shilapatra.com · Mon Jun 22 13:31:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन समितिले कारबाही सिफारिस गरेका १६ जनालाई महाधिवेशनमा सहभागी गराएको छ ।
यस विषयमा सोमबार साँझ पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झालाई प्रश्न सोधिएको थियो । जवाफमा झाले महाधिवेशनभन्दा अघिका कार्यक्रममा कारबाहीको सिफारिस भएकाहरूलाई सहभागी नगराइने बताए ।
‘उहाँहरूलाई महाधिवेशनमा सहभागी हुने अवस्थाका लागि मात्र भनिएको छ । पार्टीमा लामो समयदेखि काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ । अब आगामी कार्यका लागि अख्तियारी पाउन भएको होइन,’ उनले भने, ‘महाधिवेशनका लागि मात्र हो । यत्रो महाकुम्भ भएको छ । किन छुटाउने भनेर समावेश गरिएको हो ।’
प्रकाशित मिति: सोमबार, असार ८, २०८३
१९:१६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)