ग्रीसको क्रिट टापुनजिकै आप्रवासी बोकेको डुंगा डुब्दा एक जनाको मृत्यु , २५ जना बेपत्ता
barnanmedia.com · Mon Sep 14 12:38:18 GMT 2026

ग्रीस को क्रिट टापुनजिकै आप्रवासी बोकेको डुंगा डुब्दा एक जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्। ग्रीसको तटरक्षकका अनुसार दुर्घटनापछि ५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूले डुंगामा ७७ जना सवार रहेको बताएका छन्।
गाभ्डोस टापु आसपास डुंगा डुबेपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ। उद्धारका लागि चारवटा पानीजहाज तथा डुंगा, फ्रन्टेक्सका विमान र तटरक्षकको हेलिकोप्टर परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)