लुम्बिनीमा अठार विधेयक प्रमाणीकरण
gorkhapatraonline.com · Sat Jun 06 02:04:39 GMT 2026

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म १८ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनमगरले दोस्रो प्रदेश सभामा कुल २४ वटा विधेयक दर्ता भएकोमा १८ वटा पारित भई प्रमाणीकरण भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२; दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२; आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२; प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२ तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ प्रमाणीकरण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)