बाढीले बगाएर ल्याएका ३० थान ग्यास सिलिण्डर फिर्ता
annapurnapost.com · Mon Sep 14 12:36:07 GMT 2026

गोरखा : भदौ १० र १४ गतेका त्रिशूलीको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता गरेका छन्।
सहिदलखन गाउँपालिका–४ ठेउवाटारका युवाहरुले त्रिशूली किनारबाट संकलन गरेका सिलिण्डरहरु वडाअध्यक्ष र प्रहरी चौकी रागिनासको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरिएका सिलिण्डरहरु ठेउवाटारको एक घरमा सुरक्षित राखिएको वडाअध्यक्ष यमबहादुर थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)