स्वर्णिम बजेटले सुनमा थप्यो कर: भन्सार दोब्बर पुर्याइयो, सीप प्रवर्द्धन शुल्क थपियो
ratopati.com · Fri May 29 18:10:27 GMT 2026

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनचाँदीको कारोबारमा नयाँ कर नीति सार्वजनिक गरेको छ । सरकारले सुनमा लाग्ने भन्सार महसुललाई दोब्बर बनाउनुका साथै नयाँ प्रकारको शुल्क समेत थप गरेको छ ।
नयाँ व्यवस्था अनुसार सुनमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई वृद्धि गरी २० प्रतिशत पुर्याइएको छ । यस्तै, चाँदीमा पनि २० प्रतिशत र हिरामा ५ प्रतिशत भन्सार दर कायम गरिएको छ । भन्सारमा गरिएको यो वृद्धिका कारण सुनको मूल्य प्रतितोला २० हजार रुपैयाँभन्दा धेरैले बढ्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)