मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

९० करोडको सेनिटरी प्याड आयात

ajakoartha.com · Fri Mar 22 06:15:00 UTC 2024

काठमाडौँ - चालु आर्थिक २०८०\०८१ वर्षमा ९० करोड रुपैयाँको सेनिटरी प्याड आयात भएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड वटा प्याड बराबर ९० करोड रुपैयाँको आयात गरिएको हो । भन्सार विभागको तथ्यांक अनुसार १४ करोड १७ लाख ६२ हजार १६४ गोटा प्याड आयात भएको हो । सो बराबर ९० करोड ५४ लाख २९ हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा सो सेनिटरी प्याड आयातबाट सरकारले १६ करोड ९९ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपाले सो प्याड बंगलादेश, चीन, डेनमार्क, हङकङ लगायत मुलुकबाट आयात गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)