पानी जिन्दगानी, तर सधैं अभाव
nepalsamaya.com · Fri Mar 22 07:05:00 UTC 2024

काठमाडौं- 'एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,' काठमाडौंको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरूमध्ये रेवती पौडेल भन्छन्। उमेरले ६० नाघिसक्यो। एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि पालो नआएपछि उनी भन्छन्, 'मेलम्ची आयो, घरबेटीका लागि। डेरामा बस्नेका लागि कहाँ हो र?'
रामेछाप स्थायी घर भइ हाल जडीबुटीमा बस्दै आएका उनलाई उपत्यकामा सुख खोज्दै आउँदा पानीको चरम समस्या भोगिएला भन्ने लागेको थिएन। मेलम्ची आएपछि सुख पाइएला भन्ने थियो तर घरबेटीले प्रयोग गर्छन्, भाडामा बस्नेहरूलाई प्रयोग गर्न नदिने रहेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)