मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ को खेल एक्सन स्पोर्टसमा

baahrakhari.com · Fri Mar 22 10:12:42 UTC 2024

काठमाडौं । टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपाल ‘ए’ बीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

डिशहोम र नेपाल क्रिकेट संघ (क्यान)बीच भएको सम्झौताअनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने आठ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने छ । गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोली भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)