फर्किए जाडो छल्न आएका पाहुना चरा
nepalsamaya.com · Fri Mar 22 01:16:00 UTC 2024

मोरङ- विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किएका छन्। चैत सुरुदेखि पर्यटक चरा स्वदेश फर्किने गर्दछन्।
असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने जनाउँदै चैत लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए। उनका अनुसार सुनसरी, सप्तरी र उदयपुर जिल्लाको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)