ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना
setopati.com · Fri Mar 22 10:38:56 UTC 2024

ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षितवर्गहरू पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले ग्लोबल मनी विक २०२४ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)