एमाले उपाध्यक्ष पौडेल पक्राउ
gorkhapatraonline.com · Mon Jun 22 13:40:41 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६:०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)