वन्यजन्तुमा पनि वासस्थानको न्यास्रो
gorkhapatraonline.com · Mon Apr 01 00:14:53 UTC 2024

काठमाडौँ, चैत १९ गते । चितवन राष्ट्रिय निकुञ्जबाट गत असोज १० गते तीन वटा गैँडा कोशीटप्पु आरक्षमा स्थानान्तरण गरियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षणमा रहेका पुष्पा र अञ्जली नामका पोथी गैँडाले घर सर्ने क्रममा खासै विमति जनाएनन् तर मेघौली नामक भाले गैँडा भने चितवनबाट अन्त रुचाएन । वन्यजन्तु चिकित्सक डा. विजयकुमार श्रेष्ठले भन्नुभयो, “जाने बेला उसले गाडीमा राखिएको केजमै सिङ र मुखले हानिरह्यो ।” बाटोभरि पनि उसले त्यही क्र म दोहो र् याइरह्यो । कोशी पुगेपछि राखिएको खोरले उसलाई अत्यासै गरायो । आफू रमेको सौराहा छाड्दाको पीडाका कारण उसले उग्रता देखायो । अनि खोरै फोडेर भाग्यो ।
त्यसपछि बल्ल बल्ल समातेर फेरि खोरमा राखे पनि उसले खान मानेन । घर छाड्नु पर्दाको सकसका कारण प्रतिरोध गर्दा उसको मुखभरि घाउ भयो । त्यसले गर्दा बिरामी पर्न थाल्यो । खानै नमानेपछि बचाउन पाँच दिनअघि चितवन फिर्ता पठाइयो । चितवन आएर उपचार पाएपछि भने मेघौली तङ्ग्रिन थालेको वन्यजन्तु चिकित्सक डा. श्रेष्ठले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)