बारामा सडक दुर्घटनामा तीन जनाको मृत्यु
gorkhapatraonline.com · Mon Jun 22 13:46:12 GMT 2026

बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज(पथलैया सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीन घलेका अनुसार सोमबार साँझ करिब ५:४० बजे जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका करिब ३५ वर्षीय एक पुरुष पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा पैदलयात्रीसँगै मोटरसाइकलमा सवार दुई युवकसमेत गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)