ताप्लेजुङमा पहिरो, दुई घरमा क्षति
nagariknews.nagariknetwork.com · Mon Jun 22 13:36:10 GMT 2026

वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको फक्ताङलुङ गाउँपालिकामा दुई घर तथा अलैँची बगानमा क्षति पुर्याएको छ। फक्ताङलुङ गाउँपालिका-१ का दुर्गा कटुवाल र गणेश कटुवालको घरमा पहिरोले क्षति पुर्याएको हो।
फक्ताङलुङ-१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार दुर्गा कटुवालको घरमा नरेन्द्र लिम्बू बसोबास गर्दै आएका थिए। पहिरोका कारण उनले निर्माण गरेको गोठमा समेत क्षति पुगेको छ भने बाख्रासहित पशुचौपाया बगाएको छ। दुवै घर बसोबासका लागि असुरक्षित बनेको वडाध्यक्ष लिम्बूले बताए। दुवै घरका परिवार छिमेकीको घरमा गएर बस्ने तयारीमा छन्।
त्यस्तै, सावाँ खोलामा आएको बाढीले धेरै किसानका अलैँची बगानमा क्षति पुर्याएको छ। गएराति परेको अविरल वर्षापछि खोलामा बाढी आएको थियो । यता, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेको जनाइएको छ।- रासस
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)