बाढीपीडितसँग अस्पतालको आइसीयुमा अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
nepalnews.com · Mon Sep 14 13:05:27 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानलमार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले सोमबार विज्ञप्ति जारी गरी रसुवामा आएको बाढीका क्रममा त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग अस्पतालको आइसीयुमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलमार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)