मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनको कार्यतालिका प्रभावित

nepalnews.com · Mon Jun 22 14:01:26 GMT 2026

चितवन। प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।

महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेका कारण सोमबारका लागि तय भएको बन्दसत्र स्थगित गरिएको छ। बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिकासमेत प्रभावित भएको छ।

बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने भएको छ। रास्वपाको महाधिवशेनले नयाँ कार्यसमिति चयन गर्नेछ।

महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए।

यो पनि…

रास्वपाको बन्दसत्र निर्धारित समयमा भएन‚ प्रतिनिधि साँझसम्म पर्खेर फर्किए

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय